काठमाडौं । नेपाली कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको बैठकले चुनावअघि नियमित महाधिवेशनको माग गर्दै संख्या ३०र३१ पुग्ने देखिएको आङ्गेलु शेर्पाले सञ्चारमाध्यमलाई बताए।
बैठकले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर चुनावअघि नियमित महाधिवेशन गराउन ध्यानाकर्षण गर्ने निर्णय गरेको छ। संस्थापनपक्षले गगन थापा, विश्वप्रकाश शर्मा र डा। शेखर कोइरालासँग महाधिवेशन कार्यतालिका ल्याउने विषयमा छलफल गर्ने तयारी गरेको छ।
३ मंसिर, काठमाडौं । चुनावअघि नियमित महाधिवेशनको पक्षमा रहेका नेपाली कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको बैठक आज मंगलबार बसेको छ ।
केन्द्रीय सदस्य आङ्गेलु शेर्पाको अनुसार संस्थापन पक्षबाट नियमित महाधिवेशनको माग गर्ने केन्द्रीय सदस्यहरूको संख्या थप बढ्दै गएको छ । संस्थापन पक्षबाट नियमित महाधिवेशनको पक्षमा २४ जना देखिँदै आएको छ । उनीहरूले पटक पटक बैठक गरेर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई नियमित महाधिवेशन गर्न ध्यानाकर्षण पनि गराएका थिए । आजको बैठकमा थपिएका केन्द्रीय सदस्यहरूमा जानकी सिंह र तारामान गुरुङ थिए ।
कुपण्डोलमा अपरान्ह देखि बसेको बैठकले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर चुनावअघि नियमित महाधिवेशन गराउन ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
शेर्पाका अनुसार दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, संस्थापनइतरका नेता डा।शेखर कोइराला लगायतसँग चुनावअघि महाधधिवेशन गराउन कार्यतालिका ल्याउने विषयमा छलफल गर्ने भएको छ । साथै, विशेष महाधिवेशन पक्षहरूसँग पनि छलफल गरिने शेर्पाले जानकारी गराए ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया