logo

२०८३ बैशाख ७ सोमबार

logo
  • २०८३ बैशाख ७ सोमबार
  • साम्राज्ञीले गरिन् प्रेमीसँग इन्गेजमेन्ट

    1.3KShares
    साम्राज्ञीले गरिन् प्रेमीसँग इन्गेजमेन्ट

    काठमाडौँ । अभिनेत्री साम्राज्ञी आरएल शाह विवाह बन्धनमा बाँधिने भएकी छन् । मंगलबार आफ्नो जन्मदिन मनाइरहेकी उनले सोमबार प्रेमीसँग इन्गेजमेन्ट गरेकी हुन् । सामाजिक सञ्जालमा इन्गेजमेन्टका तस्वीरहरू सार्बजनिक गर्दै उनले नयाँ जीवनको सुरुवात गर्न लागेको जानकारी दिएकी हुन् । सामाजिक सञ्जालमा इन्गेजमेन्टका तस्वीरहरू शेयर गर्दै उनले नयाँ जीवनको सुरुवातको जानकारी दिएकी छन्। तर, प्रेमीको नाम भने सार्वजनिक गरिनन्।

    प्रेमीको प्रशंसा गर्दै उनले इन्स्टाग्राममा लेखेकी छन्, ‘जसका लागि मैले प्रार्थना गरेकी थिएँ । मेरो भाषा बोल्न सक्ने शान्त आत्मा, म तपाईंप्रति यति आभारी छु कि त्यो शब्दहरूभन्दा बाहिर छ । जब तिम्रा आँखा मेरा आँखामा पर्छन्, त्यहाँ एउटा विशेष जादू हुन्छ, एक मौन कुराकानी जसले धेरै कुरा बोल्छ । मेरो हात यति बलियोसँग समातेकोमा धन्यवाद, यो छुट्ने छैन ।’

    साम्राज्ञीले आफ्नो अभिनय यात्रा फिल्म ड्रिम्स बाट सुरु गरेकी थिइन्। त्यसपछि उनले ए मेरो हजुर-२, *इन्टु मिन्टु लण्डन, तिमीसँग, मारुनी, ह्यारी कि प्यारी जस्ता फिल्महरूमा अभिनय गरेकी छन्।



    फास्ट न्युज    
  • २०८२ मंसिर २, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट