logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • मधेस प्रदेशका पाँच सांसद पदमुक्त

    1KShares
    मधेस प्रदेशका पाँच सांसद पदमुक्त

    सर्लाही ।  मधेश प्रदेश सभामा लामो समयदेखि बैठकमा अनुपस्थित रहँदै आएका पाँच जना प्रदेश सांसदलाई सभामुख रामचन्द्र मण्डलले पदमुक्त गरेका छन्। बिहीबारदेखि लागू हुनेगरी उनीहरूको पद खोसिएको हो।

    पदमुक्त हुनेहरूमा उर्मिला देवी सिंह(सर्लाही),मनिष कुमार सुमन(सप्तरी),संजय कुमार यादव, सर्लाही, ३(२), सिंहासन सा कलवार, सर्लाही, ४(२) र सारदा संकर प्रसाद कलवार, बारा, २(१) रहेका छन् ।  प्रदेश सभामा लगातार १० वटा बैठकमा अनुपस्थित रहेको भन्दै सभामुख रामचन्द्र मण्डलले आजदेखि नै लागू हुनेगरी प्रदेश सभा सदस्यबाट पद मुक्त गरेका हुन् ।

    संविधानमा मधेश प्रदेश सभा बैठकको अभिलेख अनुसार नेपालको संविधानको धारा १८० यो बमोजिम प्रदेश सभामा लगातार १० (दश) वटा बैठकमा अनुपस्थित रहेका तपशिलमा उल्लेखित माननीय सदस्यहरू मिति २०८२।०७।२७ गते देखि प्रदेश सभा सदस्यबाट पद मुक्त भएको हुँदा निजहरू प्रदेश सभा सदस्यहरुको स्थान रिक्त भएको व्यहोरा प्रदेश सभा कार्य सञ्चालन नियमावाली, २०७५ को नियम १८५ बमोजिम सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा उल्लेख छ ।



    फास्ट न्युज    
  • २०८२ कार्तिक २८, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट