logo

२०८३ असार १ सोमबार

logo
  • २०८३ असार १ सोमबार
  • ‘मोन्था’ चक्रवातको प्रभाव शनिबार बिहानसम्म, देशका अधिकांश भागमा वर्षा

    1.1KShares
    ‘मोन्था’ चक्रवातको प्रभाव शनिबार बिहानसम्म, देशका अधिकांश भागमा वर्षा

    काठमाडौं । ‘मोन्था’ चक्रवातले शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट, अन्य प्रदेशमा मध्यम वर्षा हुने तथा शनिबार बिहानदेखि मात्र मौसम सुधार आउने जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले राससलाई बताए । आगामी २४ घण्टा काठमाडौं उपत्यकाका साथै आसपासका क्षेत्रमा वर्षा हुने जानकारी दिँदै उहाँले सबै स्थानमा निरन्तर वर्षा भने नहुने बताए ।

    आगामी २४ घण्टामा कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा एकदुई भारी हिमपातको सम्भावना रहेको प्रवक्ता पोखरेलले जानकारी दिए ।



    फास्ट न्युज    
  • २०८२ कार्तिक १३, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट