logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • आईसीसी क्रिकेट विश्व कप लिग–२ : अमेरिकासँग भिड्दै नेपाल

    1.1KShares
    आईसीसी क्रिकेट विश्व कप लिग–२ : अमेरिकासँग भिड्दै नेपाल

    काठमाडौं। आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत नेपालले आइतबार अमेरिकासँग खेल्दैछ । यूएई भ्रमणमा रहेको नेपाली टोली आफ्नो पहिलो खेल अमेरिकासँग खेल्न लागेको हो ।नेपाली टोलीले अमेरिका र आयोजक राष्ट्रसँग दुई–दुई खेल खेल्नेछ ।

    खेल नेपाली समय अनुसार बिहान ११:१५ बजे शुरू हुनेछ । शृंखलामा नेपाली टोलीको प्रतिद्वन्द्वीका रूपमा आयोजक यूएई र अमेरिका छन् । नेपालले आफ्नो दोस्रो खेल अक्टोबर ३० तारिख (कार्तिक १३ गते) आयोजक यूएईसँग खेल्नेछ ।  तेस्रो खेल नोभेम्बर १ तारिख (कार्तिक १५ गते) अमेरिकासँग र चौथो खेल नोभेम्बर ५ तारिख (कार्तिक १९ गते) यूएईसँग खेल्नेछ ।

    लिग–२० शृंखलाअन्तर्गतका खेल ५० ओभरको हुन्छ । लिग–२ प्रतियोगितामा प्रत्येक शृंखला सकिएपछि सहभागी तीनवटै टोलीबीच टी–२० शृंखला पनि खेलिँदै आएको छ । यद्यपि, टी–२० शृंखलाको नतिजाले लिग–२ प्रतियोगिताको तालिकामा कुनै असर पार्दैन ।



    फास्ट न्युज    
  • २०८२ कार्तिक ९, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट