logo

२०८३ बैशाख २५ शुक्रबार

logo
  • २०८३ बैशाख २५ शुक्रबार
  • पूर्वसभामुख महरा पुर्पक्षका लागि थुनामा

    1.1KShares
    पूर्वसभामुख महरा पुर्पक्षका लागि थुनामा

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।  जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले महरालाई थुनामा पठाउने आदेश गरेको हो ।

    अदालतमा पेस भएको प्रारम्भिक प्रमाण र अनुसन्धान प्रतिवेदनअनुसार महराको चिनियाँ व्यापारी दावजिन वाङसँग निरन्तर सम्पर्क र पारिवारिक तथा व्यावसायिक सम्बन्ध रहेको देखिएको भने दुवैको मिलेमतोमा इ–सिगरेटमार्फत सुनको तस्करी गरिएको आरोप लगाइएको छ । महराविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ र ८० बमोजिम मुद्धा दायर भएको थियो ।

    महरालाई पुर्पक्षको आदेशपछि सुन्धारा कारागारमा पठाइएको छ । सुन तस्करीमा पक्राउ परेका पूर्वसभामुख महराको थुनछेक बहसपछि जिल्ला अदालतले बुधबार यस्तो आदेश गरेको हो । जिल्लाको यो आदेशपछि महरा थुनामै बस्ने भएका छन् ।

    जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले महरालाई थुनामा पठाउने आदेश गरेको जिल्ला अदालतका सूचना अधिकार दिपक श्रेष्ठले जानकारी दिए ।



    फास्ट न्युज    
  • २०८२ आश्विन २९, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट