logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • एमाले केन्द्रीय कमिटी बैठक दुई दिन सर्यो

    1KShares
    एमाले केन्द्रीय कमिटी बैठक दुई दिन सर्यो

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को केन्द्रीय कमिटी बैठक दुई दिन पछाडि सरेको छ । पार्टीका केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले बैठकको तयारी नपुगेकाले बैठक सारिएको जानकारी दिनुभयो ।

    उहाँका अनुसार बैठक यही असोज २९ देखि ३१ गते काठमाडौँमा बस्ने भएको छ । यसअघि बैठक असोज २७ देखि २९ गतेसम्म काठमाडौँमा तय गरिएको थियो ।

    ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालय जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएपछि अन्य ठाउँमा बैठक बस्ने उहाँले जानकारी दिनुभयो । शुक्रबार बस्ने पार्टीको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गर्ने जनाइएको छ । जेनजी आन्दोलनपछि एमालेले केन्द्रीय कमिटी बैठक डाकेको छ ।
    –––



    फास्ट न्युज    
  • २०८२ आश्विन २४, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार