logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • आजदेखि अर्थ मन्त्रालयका सबै टिप्पणी र निर्णय प्रक्रिया डिजिटल स्वीकृतिबाट मात्रै

    1.2KShares
    आजदेखि अर्थ मन्त्रालयका सबै टिप्पणी र निर्णय प्रक्रिया डिजिटल स्वीकृतिबाट मात्रै

    काठमाडौं । अर्थ मन्त्रालयले आजदेखि सम्पूर्ण टिप्पणी र निर्णय प्रक्रियामा डिजिटल स्वीकृति प्रणाली लागू गरेको छ ।

    अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्रालयले कागजी प्रक्रियाको अन्त्य गरी डिजिटल प्रणालीलाई पूर्णरूपमा अंगीकार गरेको जानकारी दिएका छन् । उनले यस कदमले मन्त्रालयका कार्यहरू छिटो, सुरक्षित र पारदर्शी हुने विश्वास व्यक्त गरेका छन् ।

    मन्त्रालयका अनुसार अब आन्तरिक फाइलिङ, टिप्पणी तथा स्वीकृति लिन–दिने सबै कार्य अनलाइन प्लेटफर्ममार्फत मात्र सम्पन्न हुनेछन् । यसले समय, लागत र श्रमको बचतसँगै निर्णय प्रक्रियामा पारदर्शिता थपिने अपेक्षा गरिएको छ ।

    डिजिटल स्वीकृति प्रणाली लागू भएपछि कर्मचारीले हातले गर्ने परम्परागत प्रक्रिया अन्त्य भई सम्पूर्ण अभिलेख डिजिटल आर्काइभमार्फत सुरक्षित रहने मन्त्रालयले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८२ आश्विन १०, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट