काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्याललाई कार्यालयमा प्रवेश निषेध गरिएको छ । आन्दोलनरत कर्मचारीहरूले अध्यक्ष बस्याललाई कार्यालय प्रवेशमा निषेध गरेका हुन् । कार्यालयमा कालोपट्टी बाँधेर बसेका कर्मचारीहरू माग पूरा नभएसम्म अध्यक्षलाई छिर्न नदिने अडानमा छन् ।
तीन दिनयता नेप्सेका कर्मचारीहरू आन्दोलनमा छन् । सेवा सुविधाको विषयलाई लिएर आन्दोलन शुरु गरेका कर्मचारीहरूले अहिले अध्यक्ष बस्याल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुँडामणि चापागाईँको राजीनामा माग गरिरहेका छन् ।
आन्दोलनको पहिलो दिन मंगलबार उनीहरूले अध्यक्ष र सीईओलाई रातिसम्म कार्यालयमै थुनेका थिए । उनीहरूलाई राति प्रहरी आएर उद्धार गरेको थियो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया