logo

२०८३ बैशाख २५ शुक्रबार

logo
  • २०८३ बैशाख २५ शुक्रबार
  • मन्त्रालयमै एउटा खाट र किचेनको व्यवस्था गर्न शिक्षामन्त्रीको निर्देशन

    1.3KShares
    मन्त्रालयमै एउटा खाट र किचेनको व्यवस्था गर्न शिक्षामन्त्रीको निर्देशन

    काठमाडौं । शिक्षामन्त्री महावीर पुनले आफूलाई बस्नका लागि क्वाटर नचाहिने बताएका छन् । उनले आफू मन्त्रालयमै सुत्ने भन्दै खाटको व्यवस्था गर्न निर्देशन दिए । पदभार ग्रहण गरेपछि पत्रकारसँग बोल्दै पुनले आफूले आविस्कार केन्द्रबाट राजीनामा दिइसकेको बताए ।

    उनले भने, ‘यो पद ग्रहण गरेपछि म अविस्कार केन्द्रमा रहनु हुँदैन, मैले राजीनामा दिइसकेँ ।’ अहिले सरकारी क्वाटर पनि छैन, कहाँ बस्नु हुन्छ रु भन्ने पत्रकारको प्रश्नमा उनले मन्त्रालयमै बस्ने जवाफ दिए । ‘मेरो त जहाँ काम गर्‍यो त्यहीँ बस्ने बानी छ । एउटा कोठा बनाउनुस् । मन्त्रालयमै बस्छु । एउटा कुर्सी चाहिन्छ । किचन चाहियो । आफैं पकाएर खान्छु ।’ उनले आफूलाई सुरक्षा पनि नचाहिने बताए ।

    पुनले भने,‘सेवा सुविधा के छ भने त्यहाँबाट आउँदा एउटा पुलिसको र एउटा आर्मीको रहेछ । मैले भाइहरुलाई भनेको छु । रिपोर्ट गर्नु कमाण्डरहरुलाई । म यो मन्त्रालयमा छँदा यहीँ बसौं । यहाँबाट बाहिर निस्किएपछि पछिपछि आउनु पर्दैन ।’ उनले मन्त्रालयको गाडी भने औपचारिक काममा प्रयोग गर्ने बताए ।

     



    फास्ट न्युज    
  • २०८२ आश्विन ६, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट