logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • चिनियाँ राजदूतले प्रधानमन्त्री कार्कीलाई भेटे, दिए बधाई

    943Shares
    चिनियाँ राजदूतले प्रधानमन्त्री कार्कीलाई भेटे, दिए बधाई

    २ असोज, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर बधाई तथा शुभकामना दिएका छन् । काठमाडौंस्थित चिनियाँ दूतावासले बिहीबार राजदूत सोङले प्रधानमन्त्री कार्कीलाई भेटेको जानकारी दिएको हो ।

    भेटमा राजदूत सोङले प्रधानमन्त्रीमा नियुक्त भएकोमा शुभकामना तथा बधाई दिँदै चिनियाँ सहयोगको प्रतिबद्धता जनाएका थिए ।साथै भेटमा आपसी दृष्टिकोण आदानप्रदान गर्दै गर्दै मित्रता र सहकार्यलाई अझ प्रगाढ बनाउनेबारे दुवै पक्ष सहमत भएको चिनियाँ दूतावासले उल्लेख गरेको छ ।

    जेनजी आन्दोलनपछि कार्की गत २७ भदौमा अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् ।



    फास्ट न्युज    
  • २०८२ आश्विन २, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार