logo

२०८३ जेष्ठ ६ बुधबार

logo
  • २०८३ जेष्ठ ६ बुधबार
  • प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट साउन ६ गते विश्वासको मत लिने

    913Shares
    प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट साउन ६ गते विश्वासको मत लिने

    काठमाडौं। प्रधानमन्त्री केपी ओलीले ६ साउनमा प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन्। नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले दिएको जानकारीअनुसार यही आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा ओलीले विश्वासको मत लिन लागेका हुन्।

    प्रधानमन्त्री नियुक्ति भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्‍यवस्था छ। प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापित गर्दै ओली कांग्रेसको साथमा संविधानको धारा ७६ को उपधारा २ अन्तर्गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।

    असार ३१ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथग्रहण लिएका प्रधानमन्त्री ओलीको सरकारमा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा नेपाल र लोसपाका तर्फबाट मन्त्रीहरू बनेका छन्।



    फास्ट न्युज    
  • २०८१ श्रावण २, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट