काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयन भदौ ११ गते हुने भएकोछ । संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा ११ सभापति निर्वाचित गरिने उल्लेख छ।
सभामुख देवराज घिमिरेले भदौ ११ गते बुधबारका लागि सभापति चयनका लागि समय तोकेको सूचनामा उल्लेख छ। निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था हटाउन भएको हेरफेरको नैतिक जिम्मेवारी लिँदै सभापति रामहरि खतिवडाले राजीनामा दिएका थिए।
प्रतिनिधि सभा नियमावली अनुसार सभापतिको पद रिक्त भएको १५ दिनभित्र पदपुर्ति गर्नुपर्ने व्यवस्था भएकाले त्यसै अनुसार चुनाव गरिन लागिएको हो। सत्तारुढ कांग्रेस र एमालेमध्य एक दलबाट सभापति बन्ने सम्भावना छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया