logo

२०८३ बैशाख २६ शनिबार

logo
  • २०८३ बैशाख २६ शनिबार
  • आज कहाँ कहाँ हुनेछ वर्षा ?

    994Shares
    आज कहाँ कहाँ हुनेछ वर्षा ?

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको महाशाखाले बताएको छ।

    सोमबार देशभर साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका धेरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरू र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा हावाहुरीको पनि सम्भावना रहेको छ।

    सोमबार राति देशभर साधारणतया बदली रहनेछ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी पहाडी र तराई भू –भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

    पछिल्लो २४ घन्टामा देशभर हल्कादेखि मध्यम वर्षा भएको छ।
    पछिल्लो २४ घन्टामा लम्जुङको बेसीसहरमा ९०.२ मिलिमिटर वर्षा भएको छ। त्यस्तै, खुदी बजारमा ८८, फलेनीमा ६७.४, भुजुङमा ५०, सिन्धुपाल्चोकको चन्दर्कुमा ६७, काठमाडौंको बूढानीलकण्ठमा ४७.६, कास्कीको चोम्रोङमा ४८.८ मिलिमिटर वर्षा भएको महाशाखाले बताएको छ।



    फास्ट न्युज    
  • २०८२ भाद्र ९, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट