logo

२०८३ जेष्ठ २६ मंगलवार

logo
  • २०८३ जेष्ठ २६ मंगलवार
  • आज आतंकवादका पीडित र जीवितलाई सम्मान गर्ने दिवस

    949Shares
    आज आतंकवादका पीडित र जीवितलाई सम्मान गर्ने दिवस

    काठमाडौँ। आज आतङ्कवादका पीडित र जीवितलाई सम्मान गर्ने दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१७ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।

    आतङ्कवादबाट पीडित भएका र त्यसबाट बाँचेकाहरुलाई सम्मान एवं समर्थन गर्नका साथै उनीहरुको मानवअधिकारको पूर्ण उपयोगलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो दिवस मनाउन थालिएको हो ।संयुक्त राष्ट्रसङ्घलगायत विश्वका विभिन्न मुलुकमा आतङ्कवादका पीडितहरुको सम्झना एवं श्रद्धाञ्जलीसभा आयोजना गरेर यो दिवस मनाइन्छ ।

    घृणित विचारधारा फैलाउने आतङ्कवादी गतिविधिबाट हरेक वर्ष हजारौँ निर्दोष मानिसले ज्यान गुमाएका छन् । आतङ्कवादको अन्तरराष्ट्रिस्तरमा निन्दा भए पनि यसबाट पीडितहरुले न्याय प्राप्तिका निम्ति सङ्र्घष गरिरहेका छन् ।



    फास्ट न्युज    
  • २०८२ भाद्र ५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट