logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • टप एन्ड टी–२० सिरिजः नेपालले चौथो खेल  होबार्ट हरिकेन्ससँग खेल्दै

    1KShares
    टप एन्ड टी–२० सिरिजः नेपालले चौथो खेल  होबार्ट हरिकेन्ससँग खेल्दै

    काठमाडौं । टप एन्ड टी–२० सिरिजमा आज नेपाल आफ्नाे चौथो खेल  होबार्ट हरिकेन्ससँग खेल्दै छ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी खेलमा नेपालले आज बिग ब्यास लिगको अनुभवी टोली होबार्ट हरिकेन्ससँग खेल्न लागेकाे हाे ।

    लगातार तीन हार बेहोरेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज पहिलो जितको खोजीमा छ । डार्विनको पार्मस्र्टनस्थित काजालिस एरेनामा हुने खेल नेपाली समयअनुसार बिहान ११ : १५ बजे सुरु हुनेछ ।

    कप्तान रोहित पौडेलको नेतृत्वमा नेपाली टोली रहेको छ भने हरिकेन्सको कप्तानी बिग ब्यासका अनुभवी खेलाडी म्याकालिस्टर राइटले सम्हाल्नेछन् ।

    जारी प्रतियोगितामा नेपालले यसअघिका तीनवटै खेलमा हार बेहोरेको छ । नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रन, दोस्रोमा बंगलादेश ‘ए’ सँग ३२ रन र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो ।

    होबार्टले ३ खेल खेलेको होबार्टले १ खेलमा जित निकालेको छ भने दुई खेलमा पराजित भएको छ । पहिलो खेलमा एसीटीलाई हराएको होबार्ट त्यसपछि मेलबर्न स्टार्स र एनटी स्ट्राइकसँग पराजित भएको थियो ।



    फास्ट न्युज    
  • २०८२ भाद्र ३, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट