logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • भ्रष्टाचार मुद्दामा मुछिएका निर्देशक अधिकारी ५० हजार धरौटीमा छुटे

    1.3KShares
    भ्रष्टाचार मुद्दामा मुछिएका निर्देशक अधिकारी ५० हजार धरौटीमा छुटे

    काठमाडौं । भ्रष्टाचार ‍‌अरोपमा मुछिएका काठमाडौं महानगरपालिकाका निर्देशक डा. शिवराज अधिकारी ५० हजार धरौटीमा छुटेका छन् । सामाखुसी कोरिडोर अन्तर्गत वसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माणको ठेक्कामा ४ करोड ३१ लाख ७२ हजार २ सय ८७ रुपैयाँ ३२ पैसा भ्रष्टाचार गरेको मुद्दामा मुछिएका अधिकारीलाई विशेष अदालतले मङ्गलवार ५० हजार धरौटीमा छोड्न आदेश दिएको हो ।

    उक्त मुद्दामा मुछिएका अधिकारी मङ्गलवार अदालतमा हाजिर भएर बयान तथा थुनछेक बहसपछि न्यायाधीश तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले ५० हजार धरौटीमा छोड्न आदेश दिएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार मङ्गलवार उक्त मुद्दामा प्रतिवादी बनाइएका ७ जनाकै बयान तथा थुनछेक बहस सकिएको छ ।

    अब यही साउन १८ गतेदेखि मात्रै विशेष अदालतमा पेसी तोकिने भएकाले त्यसपछि उक्त मुद्दाको पेसी तोकिने छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित ७ जना विरुद्ध गत जेठ २८ मा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।



    फास्ट न्युज    
  • २०८२ श्रावण ६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट