logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • सुनसरीमा श्रीमान् र श्रीमती मृत फेला

    997Shares
    सुनसरीमा श्रीमान् र श्रीमती मृत फेला

    इनरुवा । सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ९ को बबियामा श्रीमान् श्रीमती मृत फेला परेको छ । बबियामा अन्तर जातीय विवाह गरेको जोडी एकसाथ आफ्नो घरमा मृत फेला परेको हो ।

    इनरुवा नगरपालिका वडा नम्बर ९ निवासी शुकदेव शर्मा खत्वेको श्रीमती ३० वर्षीया सबेदा खातुन ओछ्यानमा मृत फेला पर्नुभएको छ भने श्रीमान् शुकदेव झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले शवको मुचुल्का तथा पोस्टमार्टम गर्न लाने तयारी गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले घटनास्थलमा प्रहरी पुगेको र अनुसन्धान सुरु गरेको जानकारी दिनुभयो ।



    फास्ट न्युज    
  • २०८२ असार २९, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार