logo

२०८३ बैशाख २२ मंगलवार

logo
  • २०८३ बैशाख २२ मंगलवार
  • टी–२० विश्वकप छनोटको खेलतालिका सार्वजनिक, नेपाल समूह–२ मा

    1.1KShares
    टी–२० विश्वकप छनोटको खेलतालिका सार्वजनिक, नेपाल समूह–२ मा

    काठमाडौं । आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ मा परेको छ। नेपालले समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ।

    यो प्रतियोगिता अक्टोबर ८ देखि १७ सम्म ओमानको अल अमेरातस्थित क्रिकेट एकेडेमी मैदानमा हुनेछ। यस प्रतियोगितामा एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट छनोट भएका ९ टोली सहभागी छन्। सहभागी टोलीहरू तीन–तीनको समूहमा विभाजित छन्।समूह १ मा युएई, मलेसिया र कतार छन्। समूह २ मा नेपाल, कुवेत र जापान छन् भने समूह ३ मा आयोजक ओमान, पपुवा न्यूगिनी र सामोआ रहेका छन्।

    नेपालले समूह चरणको पहिलो खेल अक्टोबर ८ मा कुवेतविरुद्ध खेल्नेछ। दोस्रो खेल भने अक्टोबर १० मा जापानविरुद्ध हुनेछ।

    समूह चरणपछि प्रत्येक समूहका शीर्ष दुई टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्।अक्टोबर ८ मा नेपालले कुवेतको सामना गर्नेछ ।अक्टोबर १० मा नेपाल र जापानबिच प्रतिष्पर्धा हुनेछ ।
    सुपर सिक्स चरण अक्टोबर १२ देखि १७ सम्म हुनेछ।



    फास्ट न्युज    
  • २०८२ असार २६, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट