काठमाण्डाै | नेपाल प्रिमियर लिग (एनपीएल) को टोली लुम्बिनी लायन्सले दोस्रो संस्करणका लागि रिटेन र रिलिज गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ ।
लुम्बिनीले राष्ट्रिय क्रिकेट टोलीका कप्तानसमेत रहेका रोहितकुमार पौडेल, सन्दीप जोरा, विवेक यादव, तिलक भण्डारी, दिनेश अधिकारी र अभिषेक गौतमलाई रिटेन गरेको हो । रोहित टोलीका मार्की खेलाडी र कप्तान पनि हुन् ।
यस्तै लुम्बिनीले सूर्य तामाङ, आशुतोष घिरैया, अर्जुन साउद, विकास आग्री, आरिफ खान र दुर्गेश गुप्तालाई रिलिज गरेको छ । यसअघि सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले पनि रिटेन र रिलिज गरिएका खेलाडीको सूची सार्वजनिक गरिसकेका छन् ।
एनपीएलका लागि हरेक टिमले ६ खेलाडी रिटेन गर्न पाउनेछन् । यसअघि नै सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले रिटेन गरेका ६-६ खेलाडीको नाम सार्वजनिक गरिसकेका छन्।
एनपीएलको दोस्रो सिजनका लागि आउने जुलाईमा मिनी अक्सन पनि गर्ने तयारी छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया