logo

२०८३ जेष्ठ १९ मंगलवार

logo
  • २०८३ जेष्ठ १९ मंगलवार
  • आयात-निर्यात बढ्यो, ११ महिनाको व्यापार घाटा झन्डै १४ खर्ब

    1.2KShares
    आयात-निर्यात बढ्यो, ११ महिनाको व्यापार घाटा झन्डै १४ खर्ब

    काठमाण्डौ । चालू आर्थिक वर्षको ११ महिनामा १६ खर्ब ४४ अर्ब ७९ करोड ७५ लाख रुपैयाँको वस्तु आयात भएको छ । यो गएको आर्थिक वर्षको यही अवधिको तुलनामा १३ दशमलव १५ प्रतिशतले बढी हो । गएको आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख रुपैयाँको वस्तु आयात भएको थियो ।

    भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको ११ महिनामा २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । यो गएको आर्थिक वर्षको तुलनामा ७७ दशमलव ७७ प्रतिशतले बढी हो । गएको आर्थिक वर्षमा १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख रुपैयाँको वस्तु निर्यात भएको थियो ।

    सबैभन्दा बढी डिजेल, भटमासको कच्चा तेल, पेट्रोल, खाना पकाउने ग्यासलगायत आयात भएको छ । यस्तै निर्यात हुनेमा प्रशोधित भटमासको तेल, सनफ्लावरको बिउ र तेल, गलैँचा र अलैँचीलगायत छन् ।

    यसैबीच चालू आर्थिक वर्षको ११ महिनामा १३ खर्ब ९७ अर्ब २२ करोड ७३ लाख रुपैयाँ व्यापार घाटा भएको छ । यो आर्थिक वर्षको यसै अवधिको तुलनामा ६ दशमलव ३० प्रतिशतले बढी रहेको भन्सार विभागले जनाएको छ ।गएको आर्थिक वर्षको ११ महिनामा १३ अर्ब १४ अर्ब ४४ करोड १८ लाख ५८ हजार रुपैयाँ व्यापार घाटा थियो ।

    यस्तै चालू आर्थिक वर्षको ११ महिनामा १८ खर्ब ९२ अर्ब ३६ करोड ७७ लाख ९९ हजार रुपैयाँको वैदेशिक व्यापार भएको थियो । यो गएको आर्थिक वर्षको तुलनामा १८ दशमलव ८ प्रतिशतले बढी हो । गएको आर्थिक वर्ष ११ महिनामा १५ खर्ब ९२ अर्ब ९६ करोड ६५ लाख २५ हजार रुपैयाँ वैदेशिक व्यापार भएको थियो ।



    फास्ट न्युज    
  • २०८२ असार ७, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट