काठमाडौं । मगर समुदायले भूमि अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व हो भूमि पूजा । सोही अवसरमा नेपाल मगर संघ केन्द्रीय समितिले आइतबारबाट तीन दिन सम्म राजधानीको टुँडिखेलमा भूमि पूजा पर्व आयोजना गरेको छ ।
वर्षायामको सुरुवातसँगै खाद्य बालीमा प्राकृतिक प्रकोप नलागोस्, दैवी विपत्ति नहोस् भनेर भूमिको पूजा गर्ने चलन स्वरूप भूमि पूजा गर्ने गरिन्छ । पृथ्वीमा कुनै पनि प्रलय नआउने जनविश्वासका कारण भूमि पूजा गरेर देवतालाई खुसी बनाउने गरिन्छ । प्राकृतिक तथा दैवी प्रकोप रोक्नको लागि भूमे पर्वको महत्त्व रहेको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया