logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • ९ अंकले घटेर बन्द भयो साताको अन्तिम शेयर बजार

    1.1KShares
    ९ अंकले घटेर बन्द भयो साताको अन्तिम शेयर बजार

    काठमाडौं । बिहीबार साताको अन्तिम शेयर बजार घटेर बन्द भएको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९ अंकले घटेको छ । नेप्से ०.३४ प्रतिशतले घटेर परिसूचक २६५५.३८ विन्दुमा झरेको छ । बिहीबार बजार घटे पनि कारोबारमा भने उछाल आएको छ । दिनभरमा १२ अर्ब ५१ करोड ५३ लाख ९ हजार रुपैयाँ बराबरको २ करोड ८६ लाख ७ हजार ६८५ कित्ता शेयर किनबेच भएको छ ।

    बिहीबार ९९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर हरेको छैन । बिहीबार ३११ वटा कम्पनी कारोबारमा आउँदा १ लाख २ हजार ८९५ पटक शेयर किनबेच भएको छ । १३ वटा समूहमध्ये फाइनान्स, हाइड्रो, होटल तथा पर्यटन र म्युचुअल फण्ड समूह बाहेक अन्य सबै समूह घटेको छ ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ २९, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट