logo

२०८३ बैशाख २६ शनिबार

logo
  • २०८३ बैशाख २६ शनिबार
  • विपक्षी दल गृहमन्त्री लेखकको राजीनामाको अडानबाट ब्याक भएनन्

    1.1KShares
    विपक्षी दल गृहमन्त्री लेखकको राजीनामाको अडानबाट ब्याक भएनन्

    काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । विपक्षी दलले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको अडानबाट ब्याक नभएपछि सूचना टाँस गरेर भोलि १ बजे बस्ने गरी स्थगित गरिएको हो ।

    बैठक आज बिहान ११ बजेका लागि बोलाइएको थियो । त्यसपछि दिउँसो २ बजेलाई सारिएको थियो । विपक्षीहरुले उच्चस्तरीय छानबिन समिति बनाउने र त्यो समितिले विगतका गृहमन्त्रीको कार्यकालको समेत भिजिट भिसा प्रकरणसम्बन्धी छानबिन गर्ने, छानबिनको लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने र आयोगबारे प्रधानमन्त्रीले सदनमा आएर प्रतिबद्धता जनाउनुपर्ने प्रस्ताव राखेका छन् । तर त्यो प्रस्तावमा सत्तापक्ष तयार भएपछि बैठक भोलिलाई सारिएको हो ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ २०, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट