मोरङ । मोरङको बेलबारीका चार जना बालिका चार दिनदेखि सम्पर्कविहीन भएका छन् । बेलबारी नगरपालिका–२ लालभित्तीका उनीहरु साथी भेट्न जाने भन्दै बिहीवार घरबाट निस्किएका घरपरिवारले जानकारी दिएका छन् ।
सुन्दरहरैचा–११ शुक्रबारेको महेन्द्र माविमा अध्ययनरत १३ वर्षीया जेनिसा नेपाली र १५ वर्षीया सविता परियार, बेलबारी–२ को कविर माविमा अध्ययनरत १२ वर्षीया स्मृति कार्की डोली र अनुष्का कार्की डोली हराएका हुन् । इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीले सम्पर्कविहीन बालिकाहरूको खोजी भइरहेको बताउनुभयो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया