काठमाडौं । सभामुख देवराज घिमिरेले अवरुद्ध प्रतिनिधि सभा बैठक बस्ने वातावरण बनाउन छलफल थालेका छन्। शुक्रबार छलफलका लागि संघीय संसद् प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका मुख्य सचेतक र सचेतकलाई छलफलमा बोलाएका हुन्।
सभामुखको निजी सचिवालयका अनुसार बिहान ११ बजे मुख्य सचेतक र सचेतकसँग छलफल गरेपछि सभामुख घिमिरेले १२ बजेका लागि कार्यव्यवस्था परामर्श समिति बैठक बोलाएका छन्।भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलले संसद् अवरुद्ध गरेपछि सभामुख संसद खुलाउने प्रयासमा लागेका हुन्। बजेट भाषण गर्न सहमत भएका दलले त्यसपछि विरोध निरन्तर रहने बताएपछि सभामुखले पहल थालेका हुन्।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया