logo

२०८३ असार १६ मंगलवार

logo
  • २०८३ असार १६ मंगलवार
  • साउदी सरकारले ३३ नेपाली कैदीलाई दियो माफी

    754Shares
    साउदी सरकारले ३३ नेपाली कैदीलाई दियो माफी

    काठमाडौँ। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई ुमाफीु दिएको छ । रमजान महिनाको अवसरमा साउदी सरकारले ती नेपालीलाई आममाफी दिएको हो । नेपाल सरकार, परराष्ट्र मन्त्रालयले मङ्गलबार विज्ञप्ति जारी गर्दै नेपाली नागरिकलाई शाही माफी दिएकोमा साउदी अरब सरकारप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता प्रकट गरेको छ ।

    नेपाल सरकारले साउदी सरकारको यस सहृदयी कदमको उच्च प्रशंसा गर्दै यसलाई नेपाल र साउदी अरबबिचको लामो समयदेखिको मित्रता, सद्भाव र प्रगाढ द्विपक्षीय सम्बन्धको प्रतिबिम्बका रूपमा लिएको जनाएको छ ।

    रियादस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारले गरेको विशेष अनुरोधका आधारमा साउदी सरकारले नेपाली कैदीलाई सो माफी प्रदान गरेको परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ । शाही माफी पाएका ती नेपाली नागरिक साउदी अरबको आवश्यक कानुनी प्रक्रिया पूरा गरेर छिट्टै नेपाल फर्कने मन्त्रालयले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८३ असार १६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट