logo

२०८३ जेष्ठ ७ बिहीबार

logo
  • २०८३ जेष्ठ ७ बिहीबार
  • देउवाले हृदयेन्द्रलाई राजामा समर्थन गर्ने समाचार भ्रमपूर्ण भएकाे कांग्रेसकाे दाबी

    1.1KShares
    देउवाले हृदयेन्द्रलाई राजामा समर्थन गर्ने समाचार भ्रमपूर्ण भएकाे कांग्रेसकाे दाबी

    काठमाडौँ । सभापति शेरबहादुर देउवाले राजसंस्था पक्षधरको आन्दोलनलाई समर्थन गरेको भन्ने समाचारको नेपाली कांग्रेसले खण्डन गरेको छ। कांग्रेसले बिहीबार विज्ञप्ति जारी गर्दै सभापति देउवालाई जोडेर हृदयेन्द्र वीरविक्रम शाह राजा बनेमा समर्थन रहने भनेर प्रकाशित भएका समाचार भ्रमपूर्ण भएको जनाएको हो। सभापति देउवा लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहेको कांग्रेसले प्रष्टीकरण दिएको छ।

    ‘कसैले क्षणिक स्वार्थ पूर्ति गर्न राजसंस्थाबारे उहाँको धारणा भनी सञ्चार माध्यममा गलत सूचना सम्प्रेषण गर्नु अनैतिक र घोर आपत्तिजनक कार्य हो। उहाँले कहिँ कतै नबोलेको, नभनेको र नसोचेको कुरालाई मनगढन्ते ढंगले आम सञ्चारको माध्यमलाई दुरुपयोग गर्दै प्रचारमा ल्याउनु पत्रकारिताको मर्म र भावना विपरीत हो।

    जोसुकैले यस्तो कार्य गरेको भएता पनि यस्ता भ्रामक र कपोलकल्पित समाचारको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ,’ कांग्रेसले भनेको छ। साथै उक्त समाचारमा विश्वास नगर्न कांग्रेसले सर्वसाधारणलाई आग्रह गरेको हो।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ ८, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट