logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • लगातार पाँचौं दिन पनि घट्यो, कारोबार रकम ७ अर्ब रुपैयाँमा सीमित

    1KShares
    लगातार पाँचौं दिन पनि घट्यो, कारोबार रकम ७ अर्ब रुपैयाँमा सीमित

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार घटेको छ ।साताको अन्तिम दिन आज बजार बजार परिसूचक ७.३७ अङ्क घटेको हो । यो सँगै २६१२.८९ अङ्कमा कायम भएको छ । आज बजारमा ७ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

    आज सात अर्ब आठ करोड ३३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ६५ करोड रूपैयाँ कमी आएको हो।

    आज होटल, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक समूहको शेयर २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज होटल, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक समूहको शेयर २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।आज बजारमा सोल्टी होटल कम्पनीको सबैभन्दा धेरै कारोबार भएका छन् ।  कारोबार सङ्ख्यामा भने क्रेष्ट माइक्रो इन्स्योरेन्स अगाडि रहेको रहेको छ ।

    बिहीबार कर्पोरेट विकास बैंकको शेयर सबैभन्दा धेरै साढे ८ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन बिहीबार ओम मेगाश्री फर्मास्युटिक्लस कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ १, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट