logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

    1KShares
    अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

    काठमाडौं। अविरल वर्षाका कारण सोमबार रातिदेखि अवरुद्ध बिपी राजमार्ग १४ घण्टापछि पूर्ण रुपमा सञ्चालनमा आएको छ । बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा १४ घण्टादेखि राजमार्ग अवरुद्ध भएको थियो ।गएरातिदेखि अवरुद्ध राजमार्ग आज दिउँसोदेखि पूर्ण रुपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

    कार्यालयका सूचना अधिकारी विन्दु अधिकारीले अहिले सडक पूर्ण रुपमा सञ्चालनमा आएको बताइन् । उनले भनिन् ‘बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मङ्गलटारतर्फको सडक राति थप क्षति पुर्याएपछि राजमार्ग खुलाउन सकिएको थिएन । तर अहिले सडक खुलाइएको छ ।’ सडक अवरुद्ध कयाैं यात्रुहरु अलपत्र परेका थिए । गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको थियो ।



    फास्ट न्युज    
  • २०८२ बैशाख ३०, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट