logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • महिला टी–२० विश्वकप छनोटः बहराइनविरुद्ध नेपालको सानदार जित

    976Shares
    महिला टी–२० विश्वकप छनोटः बहराइनविरुद्ध नेपालको सानदार जित

    काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले पहिलो जित निकालेको छ । थाइल्यान्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा आज भएको खेलमा बहराइनलाई ९ विकेटले हराउँदै नेपालले सानदार जित निकालेको हो । वर्षाका कारण ५ ओभरमा झारिएको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४ ओभर २ बलमा एक विकेट गुमाएर पूरा गर्‍याे ।

    नेपालका लागि कविता कुँवरले १८ रन जोडिन् । यस्तै, सम्झना खड्काले १३, इन्दु वर्माले ७ रन बनाइन् । यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको बहराइनले एक विकेट गुमाएर ४१ रन बनाएको थियो । बहराइनका लागि दिपिका रसंगिकाले ३४ रन बनाइन् ।

    यो जितसँगै तीन अङ्क जोडेको नेपाल तालिकाको शीर्षस्थानमा उक्लिएको छ । नेपाल र हङकङबीचको पहिलो खेल शुक्रबार वर्षाका कारण रद्द भएपछि दुवैले एक–एक अङ्क बाँडेका थिए । नेपालले अब मङ्गलबार हङकङ र बिहीबार बहराइनसँग खेल्नेछ ।



    फास्ट न्युज    
  • २०८२ बैशाख २७, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट