काठमाडौं । नेपालले आज त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज क्यानडाको सामना गर्दै छ। क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुने छ।
शनिबार राति भएको पहिलो खेलमा घरेलु टोली क्यानडाले नेपाललाई १४ रनले पराजित गरेको थियो। क्यानडा नेपालमाथि लगातार दोस्रो जित निकाल्ने योजनाका साथ मैदानमा उत्रने छ। सिरिजको दोस्रो खेलमा ओमानलाई ३७ रनले पराजित गरेको नेपाल क्यानडासँग हारको बदला लिने योजनामा छ।
क्यानले क्यानडा टूरमा रोहितकुमार पौडेलको कप्तानीमा सोमबार १६ सदस्यीय टोली क्यानडा पठाएको छ। नेपाली टोलीमा रोहित पौडेल ९कप्तान०, कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजबंशी र देव खनाल रहेका छन्।
© 2024: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd