logo

२०८३ असार ११ बिहीबार

logo
  • २०८३ असार ११ बिहीबार
  • आतंकवादविरुद्धको लडाइँमा जुनसुकै देशलाई पनि साथ दिऔँ: रामहरि खतिवडा

    1.3KShares
    आतंकवादविरुद्धको लडाइँमा जुनसुकै देशलाई पनि साथ दिऔँ: रामहरि खतिवडा

    काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आतंकवादविरुद्धको लडाइँमा जुनसुकै देशलाई पनि साथ दिनुपर्ने धारणा राखेका छन्।बिहीबार प्रतिनिधिसभाको बैठकमा बौल्दै उनले रुस(युक्रेन, इजरायल(हमास र भारत(पाकिस्तानबीचको युद्धले नेपाललाई जोखिमयुक्त स्थितिमा पुर्‍याएको भन्दै त्यसको सामना गर्नका लागि तयार रहनुपर्नेमा समेत सरकारलाई आग्रह गरे।

    ‘रुस र युक्रेनको युद्ध, इजरायल र हमासको युद्ध, अमेरिकी राष्ट्रपतिको वर्तमान नीति, चीन ताइवान एकीकरण प्रयासको प्रभाव, भारतले पाकिस्तानविरुद्ध आतंकवादविरुद्ध गरेको युद्ध जस्ता कुराले अहिले हामी झन जोखिमयुक्त स्थितिमा छौँ भन्ने हामीलाई लागेको छ,’ खतिवडाले भने, ‘यो समयको जटिलतालाई सामना गर्न सरकार तयार होस् भने आग्रह गर्नचाहन्छु।’ उनले थपे, ‘साथै आतंकवादविरुद्धको लडाइँमा हामीले जुनसुकै देशलाई पनि साथ दिनुपर्छ भनेर अनुरोध गर्न चाहान्छु।’



    फास्ट न्युज    
  • २०८२ बैशाख २५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट