logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • आफूले कमिसन मागेको आरोप भ्रामक: धितोपत्र बोर्ड

    970Shares
    आफूले कमिसन मागेको आरोप भ्रामक: धितोपत्र बोर्ड

    काठमाडौँ । आईपीओ स्वीकृति प्रक्रियामा आफूले कमिसन मागेको आरोप भ्रामक भएको नेपाल धितोपत्र बोर्डले दाबी गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै बोर्डले केही दिनदेखि जलविद्युत कम्पनीहरुको आईपीओ स्वीकृति प्रक्रियामा बोर्डले ७ प्रतिशतसम्म कमिसन मागेको विषयलाई खण्डन गरेको हो । कमिसन नदिएकै कारण बोर्डले आईपीओ रोकेको सम्म आरोप बोर्डमाथि लागेको छ । बोर्डले विज्ञप्तिमा भनेको छ , उक्त आरोपमा पूर्णरुपमा तथ्यहीन र भ्रामक छ ।

    पूँजी बजार क्षेत्रमा हुन थालेका सुधारसँग अत्तालिएर नियोजित रुपमा यस्ता भ्रामक आरोप लगाएको बोर्डको ठहर छ । यस्तो गतिविधिले सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्ने कार्यलाई समेत निरुत्साहित गर्न खोजिएको उसको निक्र्योल छ ।



    फास्ट न्युज    
  • २०८२ बैशाख २४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट