logo

२०८३ बैशाख २२ मंगलवार

logo
  • २०८३ बैशाख २२ मंगलवार
  • उपप्रधानमन्त्री पौडेलले किन भेटे प्रचण्डलाई ?

    952Shares
    उपप्रधानमन्त्री पौडेलले किन भेटे प्रचण्डलाई ?

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । प्रचण्डलाई भेट्न उपप्रधानमन्त्री पौडेल आज बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

    सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रममाथि छलफल चलिरहेका बेला अर्थमन्त्रीले प्रमुख प्रतिपक्षी दल माओवादीका अध्यक्ष प्रचण्डसँग भेट गरेका हुन् ।

    भेटका क्रममा उनीहरूबीच आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल भएको र अर्थ मन्त्री पौडेलले सुझाव माग गरेको बुझिएको छ । यसअघि अर्थमन्त्री पौडेलले सोमबार सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए ।



    फास्ट न्युज    
  • २०८२ बैशाख २३, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट