काठमाडौ । कलाकार एवं निर्देशक दिपा श्री निरौलाले एक कार्यक्रम बिच काडाघारी स्थित ॐ श्री ज्वलर्सको उद्द्घाटन गरेकी छिन। युवा ब्यवसायी सुरेश नेपालले सनराइज चोक काडाघारिमा ज्वलर्स ब्यवसाय शुरु गरेका छन ।
राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमै आर्थिक अवस्थामा भैरहेको गिरावटका तथा सुनको बड्दो बजारभाउको बावजुद पनि कुनै पर्वाह नगरी हिम्मतका साथ ज्वलरी ब्यवसाय शुरु गरेका हुन। स्वदेशमै केही गर्ने उद्देश्यले शुरु गरिएको ज्वलरी ब्यवसायलाई ग्राहकको माग अनुसार देशै भरी शाखा बिस्तार गरिने जानकारी ब्यवसायी नेपालले गराउनु भयो । दिपाश्री निरौलाले रिवन काटेर उद्द्घाटन गरेको ज्वलर्समा विभिन्न क्षेत्रका ब्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया