logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित

    1.5KShares
    लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित

    काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द हिडन ट्रेजर’ले आयोजना गरेको प्रतियोगितामा उनले ताज जितेकी हुन् ।

    पूर्वमिस नेपाल आस्मा कुमारी केसीले विजेता लुँइटेललाई ताज पहिराइदिएकी थिइन् । यसअघि काठमाडौंसहित विभिन्न सहरमा अडिसन लिएर छानिएका २६ प्रतियोगीबीच अन्तिम प्रतिस्पर्धा भएको थियो ।

    प्रतियोगितामा सोनि घले ‘थर्ड रनर अप’ तथा ‘मिस नेपाल अर्थ’ बनेकी छन् भने उरुषा भण्डारी ‘सेकेन्ड रनर अप’ र ‘मिस इन्टरनेशनल’ बनेकी छन् ।

    यसैगरी, अन्य १५ उपविधामा पनि विजेताहरू घोषणा गरिएका छन् । जसअनुसार आरती थापा ‘मिस हेल्दि स्किन’, प्रज्ञिका क्षेत्री ‘मिस कन्फिडेन्ट’, जगदिश्वरी शाह ‘मिस ग्रिन भिजिनरी’, प्रियंका थापा ‘मिस प्रिस्टिन’, उरुषा भण्डारी ‘मिस टाइमलेस इलिजेन्स’ र ‘मिस पपुलर च्वाइस’, स्मृति श्रेष्ठ ‘मिस फेस अफ द इयर’, ‘मिस फोटोजेनिक’ र ‘मिस फेस अफ फार्मेसी’, दीपशिखा नेपाल ‘मिस इम्पावर्ड च्वाइस’, लुना लुँइटेल ‘मिस डिलाइटफुल ह्याप्पीनेस इन्टिलिजेन्ट’, सइच्छा थापा ‘मिस ब्युटीफुल हेयर’, श्रृष्टि कुमारी तामाङ ‘मिस ब्युटी विथ अ पर्पस’, श्रुति महर्जन ‘मिस इन्टलेक्चुअल’ र निलिमा पोखरेल ‘मिस वुमन विथ विंग्स’ बनेका छन् ।



    फास्ट न्युज    
  • २०८२ भाद्र १४, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट