logo

२०८३ भाद्र ३० मंगलवार

logo
  • २०८३ भाद्र ३० मंगलवार
  • वरिष्ठ कलाकार सुनिल थापाको निधन

    1.4KShares
    वरिष्ठ कलाकार सुनिल थापाको निधन

    काठमाडौं | वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ। चलचित्र क्षेत्रमा ‘राते काँइला’ नामले परिचित थापाको शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो।

    लाकार संघका अध्यक्ष मोहन निरौलाले थापाको निधन भएको पुष्टि गरेका छन् । शंखमूलस्थित एक अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली तथा भारतीय चलचित्र उद्योगमा सक्रिय थिए । उनले दर्जनौँ नेपाली र भारतीय चलचित्रमा अभिनय गर्दै आफ्नो अलग पहिचान बनाएका थिए ।

    नेपाली चलचित्रमा ‘खलनायक’ को भूमिकालाई पनि नायक सरह चर्चा र सम्मान दिलाउन सफल थापा ‘राते काँइला’ उपनामले चर्चित थिए । विस २०१४ जेष्ठ ६ गते जन्मिएका थापाले बलिउड तथा भोजपुरी फिल्ममा पनि अभिनय गरेका थिए । आफ्नो सुरुवाती दिनहरूमा खेलकुदमा पनि संलग्न थापा आईसीएल क्लब बम्बई र ओर्के स्पोर्ट्स क्लबका लागि एक पेशेवर फुटबल खेलाडी पनि थिए ।

    नेपाली चलचित्र क्षेत्रमा उनको निधनले अपूरणीय क्षति पुगेको कलाकार तथा चलचित्रकर्मीहरूले बताएका छन् ।



    फास्ट न्युज    
  • २०८२ माघ २४, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट