logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • शिक्षक आन्दोलनमा अभिभावक घुसेपछि आन्दोलनकारीले गरे हातपात

    928Shares
    शिक्षक आन्दोलनमा अभिभावक घुसेपछि आन्दोलनकारीले गरे हातपात

    काठमाडौं । शिक्षक आन्दोलनमा अभिभावक घुसेपछि आन्दोलनकारीले हातपात र कुटपिट गरेका छन् ।आफूलाई ललितपुरको गोदावरीस्थित सरस्वती माध्यमिक विद्यालयका अभिभावक बताउने सनोज महतमाथि नयाँ बानेश्वरस्थित आर्कब्रिजको सडकमा हातपात भएको भिडिओ सामाजिक सञ्जालमा आएको छ । उनी आन्दोलनमा घुसेपछि लफडा भएको हो ।

    शिक्षकहरुले भने उनी शिक्षक नभएको र घुसपेठ भएको भन्दै बाहिर निकाल्न कोसिस गर्दै थिए । जबकि शिक्षकहरुकै समूहबाट महतमाथि हातपात भएको छ । केही शिक्षकले भने हातपात नगर्न भनेको पनि सुनिन्छ ।महतले भने आफ्नो छोरीको भर्ना हुन नपाएपछि म सडकमा आएको बताएका छन् ।शिक्षकहरुले भने बारबार बाहिर जानुस् भन्दै उनलाई हटाउन खोजेको बेलामै हातपात भएको हो ।



    फास्ट न्युज    
  • २०८२ बैशाख ८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट