logo

२०८३ बैशाख २४ बिहीबार

logo
  • २०८३ बैशाख २४ बिहीबार
  • शेयर बजार उच्च अङ्कले घट्यो

    994Shares
    शेयर बजार उच्च अङ्कले घट्यो

    काठमाडौं| नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले घटेसँगै कारोबार रकम पनि घटेको छ ।हिजो सार्वजनिक बिदा रहेकोले यो हप्ता आज पहिलो कारोबार भएकोमा शेयर बजार परिसूचक नेप्से ३३ दशमलव ३३ अङ्कले घटेर दुई हजार छ सय ७० दशमलव ०६ बिन्दुमा झरेको छ ।आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् गएको बिहिवार सात अर्ब ८४ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज पाँच अर्ब ६५ करोड ८९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    यस दिन पाँच अर्ब ६५ करोड रुपैयाँको सेयर किनबेच भयो । २३ कम्पनीको सेयर मूल्य बढ्यो । २२१ कम्पनीको सेयर मूल्य घट्यो । हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक मूल्यको सेयर खरिद–बिक्री भएको छ । यो कम्पनीको ५० करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

     अप्पर हेवाखोला हाइड्रोपावरको शेयर नौ प्रतिशत भन्दा धेरै घट्यो । समग्रमा बजार घटेकाे दिन बाराही हाइड्रोपावरको शेयर सात प्रतिशत भन्दा धेरैले बढेको छ ।

     



    फास्ट न्युज    
  • २०८१ चैत्र २५, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट