logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • सरकारले आन्दोलनरत शिक्षकहरुको माग यथासक्य चाँडो सम्बोधन गरोस् : अखिल क्रान्तिकारी उपाध्यक्ष पुन

    976Shares
    सरकारले आन्दोलनरत शिक्षकहरुको माग यथासक्य चाँडो सम्बोधन गरोस् : अखिल क्रान्तिकारी उपाध्यक्ष पुन

    काठमाडाैं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) का उपाध्यक्ष सन्दिप पुनले सरकारले आन्दोलनरत शिक्षकहरुका माग यथासक्य सम्बोधन गर्नु पर्ने बताएका छन । संघिय राजधानी काठमाडौंमा जारी शिक्षकहरुको आन्दोलनलाई समर्थन तथा ऐक्यबद्धता जनाउन जारी प्रेस वक्तव्यमा उक्त बताएका हुन ।

    उपाध्यक्ष पुनले भने ‘शिक्षकहरूका माग पूरा गर्न जरूरी पर्‍यो भने विशेष अधिवेशन बोलाएर भए पनि शिक्षकका माग पूरा गर्नुपर्छ। त्यसका लागी हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) आजैदेखि गृहकार्य थालीसकेको छ ।’

    उपाध्यक्ष पुनद्वारा हस्ताक्षरित प्रेस वक्तव्यमा यस्तो भनिएको छ:

    ” हाम्रो महान तथा गौरवशाली संगठन अनेरास्ववियू (क्रान्तिकारी) लामो त्याग, तपस्या, समर्पण र बलिदानको गौरवपूर्ण इतिहास बोकेको, शैक्षिक क्षेत्रमा रहेका बिकृती बिसङ्गतीका विरुद्धका आन्दोलनको मात्र नभई सामाजिक,आर्थिक,राजनीतिक आन्दोलनको पनि अगुवाइ गर्ने र अग्रमोर्चामा उभिने सङ्गठन हो ।

    साथै शिक्षामा व्याप्त निजीकरण, माफियाकरण, व्यापारिकरण का विरुद्ध, राष्ट्रियता, जनतन्त्र र जनजिविकाको पक्षमा निरन्तर संघर्ष गर्दै आईरहेको कुरा यहाँहरुलाई सर्वविदितै छ । यसै सन्दर्भमा २०८१ साल चैत्र २० गते देखि नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरीका हजारौ शिक्षक, शिक्षिकाहरु र बिद्यालयका कर्मचारीहरुले राजधानीमा गरीरहेको न्यायपूर्ण आन्दोलन प्रति हाम्रो संगठनको गंभिर ध्यानाकर्षण भएको छ ।

    सर्बप्रथम आन्दोलन प्रति ऐकयद्धता जाहेर गर्दै पूर्ण सफलताको शुभकामना । नेपाली शिक्षकहरुले वैज्ञानीक T व्यवहारीक जिवन उपयोगी, निशुल्क र सर्वशुलभ शिक्षा तथा मर्यादित शिक्षण पेशाका निम्ति निकै लामो, कठिन र बलिदानीपूर्ण संघर्ष गर्दै आएका छन । अहिले सम्मका सबै सरकारहरुले शिक्षकहरुको आन्दोलन चर्किदै जादा आन्दोलनलाई मत्थर पार्ने नियतका साथ शिक्षकहरुका माग पुरा गर्ने संझौता गर्दछ तर सरकारले आफैले गरेको संझौता लागु गर्दैन यस्तो क्रम बारम्बार दोहरिएका कारण सरकार प्रति शिक्षकहरुको विश्वास गुम्दै गएको छ ।

    अब शिक्षकहरु उधारो सम्झौतामा नरोकिने र माग पुरा गराएर मात्र आन्दोलन रोक्ने उद्घोषका साथ अघि बढेको आन्दोलनले शैक्षिक क्षेत्र अस्तव्यस्त बन्न पुगेको छ। यो राज्यका निम्ति निकै गंभिर बिषय हो । शिक्षकका न्यायपूर्ण मागहरु प्रति सरकार गंभिर बनोस र नयाँ शिक्षा ऐन तत्काल पारित गरी शिक्षकहरुलाई तत्काल बिद्यालय फर्कने वातावरण सिर्जना गरोस भनि सरकारको ध्यानाकर्षण गराउछाैँ।

    क्रान्तिकारी अभिवादन सहित !! “



    फास्ट न्युज    
  • २०८१ चैत्र २५, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार