काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीनकुनेमा अराजकता देखाएर राजावादीहरुको आफ्नो चरित्र देखाएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले १२ वर्ष ढुंग्रामा हालेपनि कुकुरको पुच्छर बांगै भनेको जस्तै राजावादीहरुले तीनकुनेका अहिले मण्डले अराजकता देखाएको बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले नेपाली जनता र राजनीतिक दललाई कमजोरी ठानेर इतिहासमा फर्कने दुस्साहस नगर्न आग्रह गरेका छन् । ‘विगतमा उनले धेरै गल्ती गरे,’ प्रचण्डले भने, ‘त्यो गल्तीको परिणाम भोगिरहेकै छन् । अब अर्को गल्ती गरे भने उनले भोग्न बाँकी केही रहँदैन । ’
राजावादीहरुले अझ परिस्थिति उत्तेजित पार्न चाहिरहेको पनि बताए । ‘एक दुई जना मरुन् भन्ने चाहेका छन् । त्यो राजावादीहरुको चरित्र हो’, प्रचण्डले भने ।
हामीले घोषणा गरेपछि राजावादीहरुले पनि आजकै दिन प्रदर्शन र सभा राख्ने घोषणा गरे । त्यसबाट उनीहरु कही न कही वातावरणलाई धमिलाउन चाहने, उत्तेजित र आतंकित पार्ने मनसाय देखिएकै थियो ।’
तर आफ्नो सभा शान्तिपूर्ण रहेको उनले बताए ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया