logo

२०८३ बैशाख २२ मंगलवार

logo
  • २०८३ बैशाख २२ मंगलवार
  • पूर्वराजालाई राप्रपाले पार्टी सभापति बनाए हुन्छ: देउवा

    1KShares
    पूर्वराजालाई राप्रपाले पार्टी सभापति बनाए हुन्छ: देउवा

    काठमाडौँ। सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह राजा बन्न लायक नभएको टिप्पणी गरेका छन्। नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागद्वारा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै देउवाले ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन लायक समेत नभएको बताएका हुन्।

    सभापति देउवाले राजालाई बोकेर हिँडेको राप्रपा कुनै दिन पछुताउने दाबी पनि गरे। राप्रपालाई व्यंग्य गर्दै उनले पार्टीको सभापति नै नियुक्त गर्न सुझाव दिए।  उनले वाग्मती प्रदेशले गरेको कार्यक्रममा सम्बोधन गर्दै भने, “पूर्वराजा संवैधानिक भएर बस्ने व्यक्ति होइनन्, चाहना नै हो भने राप्रपाले पार्टी सभापति बनाए हुन्छ, पार्टी सभापति भएपछि राप्रपा पनि पछुताउँछ, नभए पूर्वराजाले पार्टी खोलेर आए हुन्छ ।”

    देउवाले राजाका विरुद्धमा बोल्दा आफैंलाई जेल समेत हालिदिएको टिप्पणी गरे। त्यतिबेला अदालतका कारण आफू जेलबाट छुटेको देउवाको भनाइ थियो।

    उनले कुनै पनि हालतमा राजतन्त्र नफिर्कने भन्दै गणतन्त्रको पक्षमा एकताबद्ध भएर लाग्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिए ।



    फास्ट न्युज    
  • २०८१ चैत्र १०, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट