काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार सातौं जित निकालेको छ । बुधबार रुपन्देहीको एक्स्ट्रा टेक क्रिकेट मैदानमा भएको खेलमा बागमती प्रदेशलाई ९३ रनले पराजित गर्दै पुलिस क्लबले लगातार सातौं जित निकालेको हो। जीतसँगै पुलिस तालिकाको शीर्ष स्थानमा कायमै छ।
खेलमा पुलिसले दिएको २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५ दशमलव २ ओभरमा २ सय ४ रनमा समेटियो। बागमतीका लागि इशान पाण्डेले सर्वाधिक ७० रन जोडे।
त्यसअघि टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९७ रनको विशाल योगफल तयार गरेको थियो । पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ८८ रन जोडे ।
यस्तै, बागमतीविरुद्ध अमित श्रेष्ठले ४८, आरिफ शेखले ३८, गुलशन झाले १६ तथा दिलिप नाथले १० रन जोडे । बागमतीका लागि प्रतिस जिशीले तीन, रिजन ढकाल, विपिन आचार्य, साकार गजुरेल र इशान पाण्डेले एक/एक विकेट लिए ।
प्रतियोगितामा सात म्याच खेल्दा पुलिस शीर्ष स्थानमा छ । बागमती ६ खेलमा चार अंकका साथ आठौं स्थानमा छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया