logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • राजाको पक्षमा मात्रै होइन गणतन्त्र र समाजवादको पक्षमा असङ्ख्य जनता छन् : विप्लव

    925Shares
    राजाको पक्षमा मात्रै होइन गणतन्त्र र समाजवादको पक्षमा असङ्ख्य जनता छन् : विप्लव

    झापा । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले अहिलेको सरकार समाजलाई रुपान्तरण गर्ने कुरामा असफल देखिएको बताएका छन् ।

    राजनीतिक अन्तरक्रियाको लागि बेलबारी पुगेका महासचिव (विप्लव) ले नेपाल न्यूज बैंकसँग कुरा गर्दै समाजवादी गणतन्त्र नेपालको जनताको अपेक्षा, माग र आवश्यक्ता भएको बताएका हुन् ।

    उनले भने, ‘अहिलेको सरकार समाजलाई रुपान्तरण गर्ने कुरामा असफल देखिएको छ । अहिलेको व्यवस्था नै अधुरो छ । पहिलो संविधान बनाउँदा नै विवादहरु भयो ।  अहिलेको गणतन्त्र त हो तर जनताको गणतन्त्र बनाउने कामहरु भएको छैन् । राजतन्त्रबाट गणतन्त्रमा आउनु त प्रगतिको कुरा हो । समाजवादी गणतन्त्र नेपालको जनताको अपेक्षा, माग र आवश्यक्ता पनि हो ।’

    साथै, उनले राजाको पक्षमा मात्रै जनता नभएर गणतन्त्र र समाजवादको पक्षमा असंख्य जनता रहेको बताए । उनले नेपाली जनताको आवश्यक्ता समाजवाद भएको बताए ।

    उनले भने, ‘राजाको पक्षमा मात्रै होइन गणतन्त्र र समाजवादको पक्षमा त असंख्य जनता छन् । ७२ प्रतिशत जनता समजवादको पक्षमा छन् । अहिलेको नेपालको असन्तुष्टिबाट आफ्नो पराजय भोगेको राजतन्त्रले फेरी बौरिने प्रयत्न गरेको मात्रै हो । नेपाली जनताको आवश्यक्ता समाजवाद हो ।’

     

     

     

     



    फास्ट न्युज    
  • २०८१ चैत्र ७, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट