logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • जग्गाधनीलाई मुआब्जा सहमतिपछि खोटाङको माथिल्लो रावाखोला जलविद्युत् आयोजना सञ्चालन

    1.1KShares
    जग्गाधनीलाई मुआब्जा सहमतिपछि खोटाङको माथिल्लो रावाखोला जलविद्युत् आयोजना सञ्चालन

    खोटाङ । खोटाङस्थित माथिल्लो रावाखोला जलविद्युत् आयोजना सञ्चालनमा आएको छ । केपिलासगढी गाउँपालिकाका स्थानीयवासीले मुआब्जा माग गरी अवरोध गरेको जलविद्युत आयोजना सञ्चालनमा आएको हो ।

    केपिलासगढी गाउँपालिकाका अध्यक्ष समिर राईको पहलमा बसेको सर्वपक्षीय भेलाले ३५ दिनभित्र जग्गाधनीलाई मुआब्जा उपलब्ध गराउने सहमति भएको छ । यसअघि निजी तथा सार्वजनिक सम्पत्ति संरक्षण सङ्घर्ष समितिको नेतृत्वमा स्थानीयवासीले जलविद्युत् आयोजना बन्द गराएका थिए ।

    जलविद्युत् आयोजनाको ड्यामबाट गएको सोमवार दिउँसो स्थानियवासीले खोलातर्फ पानी फर्काएर विद्युत् उत्पादन बन्द गराएका थिए । सर्वपक्षीय भेलामा जग्गाधनी र जलविद्युत् आयोजना सञ्चालकबीच भएको सहमति कार्यान्वयनका लागि स्थानीय रत्नबहादुर राईको संयोजकत्वमा सात सदस्यीय समन्वय समितिसमेत गठन गरेको गाउँपालिका अध्यक्ष राईले जानकारी दिनुभयो ।

    रावाखोलामा फरक–फरक तीन वटा ठाउँमा जलविद्युत् आयोजना सञ्चालनमा छ । सङ्घर्ष समितिका संयोजक माइतीराज राईले तीनवटै जलविद्युत् आयोजनाको कम्पनीले जग्गाधनीलाई क्षतिपूर्ति नदिएको बताउनुभयो ।



    फास्ट न्युज    
  • २०८१ चैत्र ६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट