काठमाडौं : सर्वोच्च अदालतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा.संगीता कौशल मिश्रालाई स्वास्थ्य सचिव नियुक्त नगरिएकोमा कारण माग गरेको छ । मिश्राले दायर गरेको रिटमा आइतबार सुनुवाई गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले कारण माग गर्दै छलफलका लागि दुवैपक्षलाई बोलाइएको छ । वरिष्ठताको क्रममा अगाडि भएपनि आफूलाई स्वास्थ्य सचिव नियुक्त नगरिएको भन्दै मिश्राले चैत १ गते सरकारविरुद्ध सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
मन्त्रिपरिषद्ले डा.विकास देवकोटालाई नियुक्ती गरेसँगै डा.मिश्रले बरिष्ठताको आधारमा आफू हुनुपर्ने भन्दै असन्तुष्टि जनाएकी थिइन् । उनले आफूमामाथि अन्याय भएको जनाउँदै स्वास्थ्यमन्त्रीले राजीनामा समेत मागेकी छन् ।
फागुन २१ मा बसेको मन्त्रिपरिषद बैठकले अतिरिक्त सचिव डा.विकास देवकोटालाई सचिवमा बढुवा गरेको थियो । लोकसेवा आयोगले नयाँ सचिवका लागि मन्त्रालयका तीन अतिरिक्त सचिवहरु डा.मिश्रा, डा. विकास देवकोटा र डा.टंक बाराकोटीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया