logo

२०८३ असार ४ बिहीबार

logo
  • २०८३ असार ४ बिहीबार
  • राष्ट्रसँघका महासचिव बंगलादेशको भ्रमणमा

    985Shares
    राष्ट्रसँघका महासचिव बंगलादेशको भ्रमणमा

    काठमाडौं ।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बंगलादेशमा रहेका १० लाखभन्दा बढी रोहिंग्या शरणार्थीको अवस्थाबारे जानकारी लिएका छन् ।

    समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार बंगलादेशका विदेश मामिला सल्लाहकार तौहीद हुसैनले एन्टोनियो गुटेरेसलाई बिहीबार ढाकाको मुख्य विमानस्थलमा स्वागत गरेका थिए ।

    गुटेरेसले बंगलादेशको कक्स बजारको भ्रमण गरेका छन्, जहाँ रोहिंग्या शरणार्थीहरूको लागि शिविरहरू छन् ।

    भेटपछि गुटेरेसले सामाजिक सञ्जाल प्लेटफर्ममा पोस्ट गर्दै बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसलाई धन्यवाद दिए ।

    उनले लेखे,-‘जब देशले नयाँ परिवर्तनहरू गरिरहेको छ, तपाईं सबैका लागि दिगो र राम्रो भविष्य निर्माण गर्न संयुक्त राष्ट्र संघमा भरोसा गर्न सक्नुहुन्छ ।’

    विश्व खाद्य कार्यक्रम र अन्य संस्थाहरूले विशेष गरी यूएसएआईडीका कामहरू बन्द भएपछि सहायतामा सम्भावित कटौतीको घोषणा गरेपछि उनको भ्रमण महत्त्वपूर्ण मानिएको छ ।

    अमेरिकाले यूएसएआईडी बन्द गर्ने निर्णय गरेपछि विश्वभर सहायतामा गम्भीर कटौतीको डर बढेको छ ।



    फास्ट न्युज    
  • २०८१ चैत्र २, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट