logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • न्यायाधीशहरुले फलको आश नगरी कर्म गर्नुपर्ने :पूर्वप्रधानन्यायाधीश कार्की

    874Shares
    न्यायाधीशहरुले फलको आश नगरी कर्म गर्नुपर्ने :पूर्वप्रधानन्यायाधीश कार्की

    काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले न्यायाधीशहरुले फलको आश नगरी कर्म गर्नुपर्ने बताउनुभएको छ । सोमबार ललितपुरमा अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

    उहाँले महिला न्यायाधीश भएर आउँदैमा सबैकुरा पूरा नहुने बताउनुभयो । उहाँले महिला न्यायाधीशमा क्षमता र शाहस हुन जरुरी रहेको जानकारी दिनुभयो । उहाँले न्यायाधीश धेरै अध्ययन गर्न जरुरी रहेको बताउनुभयो ।

    पूर्वप्रधानन्यायाधीश कार्कीले न्यायाधीशले कहिले पनि जस लिने आशा गरेर न्याय सम्पादन गर्न नहुने जिकिर गर्नुभयो । उहाँले जस दिन्छन् कि दिँदैनन् भनेर न्याय गर्ने भन्दा पनि पीडितले न्याय पाउने गरी न्याय सम्पादन गर्न जरुरी रहेको बताउनुभयो । आफ्नो क्षमतालै भ्याएसम्म न्याय सम्पादन गर्न आग्रह गर्नुभयो ।

    ‘‘महिला न्यायाधीश भएर आउँदैमा सबै कुरा हुँदैन । महिला न्यायाधीशमा क्षमता हुनुपर्छ । शाहस हुनैपर्छ । अध्ययन त दिनरात गर्नैपर्छ । हामीले कर्म गर्ने हो फलको आशा गर्नु हुँदैन । कृष्ण भगवानले पनि कर्म गर फलको आशा नगर भन्नुभएको छ । मलाई अहिले के महशुस भएको छ भने हामीले काम गर्ने हो पछाडि के भन्छन् भनेर सरोकार राख्नु हुँदैन ।,’’ पूर्वप्रधानन्यायाधीश कार्कीले ‘‘यो यस्तो क्षेत्र हो अदालतमा १० हजार मुद्दा छ भने २० हजार मानिस हुन्छ । १० हजारले जित्छ, १० हजारले हार्छ । हार्ने १० हजारले कहिल्यै जस दिँदैन अदालतलाई । त्यसैले मैले काम गरेँ तर किन जस दिएन भनेर सोच्दै नसोच्नुस् । आफ्नो क्षमताले भ्याएसम्म काम गर्नुस् ।’’ पूर्वप्रधानन्यायाधीश कार्कीले न्यायाधीशले पक्षपात नगरी न्याय दिनुपर्ने बताउनुभयो । एउटा न्यायले सबैको विकास हुुने उहाँको भनाइ छ ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन २६, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट