logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • एनसेल बन्यो नेपाल सुपर लिगको प्रायोजक

    946Shares
    एनसेल बन्यो नेपाल सुपर लिगको प्रायोजक

    काठमाडौं | नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणलाई‌ एनसेलले मुख्य प्रायोजन गर्ने भएको छ ।  शुक्रबार ललितपुरको द प्लाजामा आयोजित विशेष समारोहमा यस साझेदारीको घोषणा गरिएको हो । एनएसएल नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायिक फुटबल लिग हो ।

    यस सहकार्य अन्तर्गत एनसेलले नेपालमा फुटबलको प्रवद्र्धन गर्दै नेपाली फुटबलप्रेमीहरूको मनपर्ने खेललाई अझ बलियो बनाउन सहयोग गर्नेछ । साथै, यसले नेपालका उदयीमान खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ ।

    सन् २०२१ मा स्थापना भएको एनएसएललाई एनएसइएम्ले अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा आयोजना गर्दै आएको छ । थुप्रै क्षेत्रीय फ्रेन्चाइज टोलीहरूको प्रतिनिधित्व गर्दै यो लिगले नेपालभर फुटबलप्रति व्यापक चासो र सहभागिता बढाइरहेको छ। यसले क्षेत्रीय पहिचान प्रवद्र्धन गर्दै एकता र गौरवको भावनालाई अझ बनाएको छ ।

    नेपाल सुपर लिगको आधिकारिक खेल तालिका २९ मार्च २०२५ बाट सुरू हुनेछ । यस प्रतियोगितामा बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसी सहित सात टिमहरूबीच कडा प्रतिस्पर्धा हुनेछ ।

    चैत १६ गतेदेखि एनएसल सुरू हुने मिति तय भएको छ तर ‘सी’ श्रेणीको ड्राफ्ट अक्सनको एक साता पछि गर्ने भनिएपनि आज सम्म गरेको छैन । ड्राफ्ट आइतवारलाई राखिएको जानकारी दिइएको छ । यो बर्ष उपाधिको लागि सात क्लब काठमाडौ रेजर्स, बुटवल लुम्बिनी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, पोखरा थन्डर्स र साविक विजेता ललितपुर सिटीले प्रतिस्पर्धा गर्दैछन् ।

    एनसेलले अघिल्लो वर्षदेखि नै एनएसएलसँग निकट सहकार्य गर्दै आएको छ । यस साझेदारीले नेपाली खेल क्षेत्रको सुधार र युवाहरूको क्षमता अभिवृद्धिमा एनसेलको निरन्तर योगदानलाई प्रतिबिम्बित गर्छ। यस लिग मार्फत एनसेलले फुटबल प्रतिभा प्रवद्र्धन गर्नुका साथै नेपालमा खेल पूर्वाधार सुधार गर्न प्रतिबद्धता दोहोर्याएको छ ।

    जिम्मेवार कर्पोरेट संस्थाका रूपमा एनसेलले खेलकुद विकास र प्रतिभा निखार्न महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । कम्पनीले क्रिकेट, फुटबल, भलिबल, गल्फ र आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत रहि एनसेल फाउन्डेसनमार्फ पारा खेलाडीहरूको सिप विकास र प्रशिक्षणका लागि सहयोग गर्दै आइरहेको छ ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन २३, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट